कोरियन भाषा परिक्षाको शुल्क संकलन ग्लोबल आइएमई बैंकबाट

बुधबार, चैत्र ९, २०७३



काठमाडौं । ग्लोबल आइएमई बैंकले विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ । ग्लोबल आइएमई बैंक कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन गर्ने एकमात्र बैंक हो ।

विगतका बर्षमा जस्तै यस वर्षपनि बैंकले आज बुधवारदेखी१० दिनसम्म (२०७३÷१२÷०९ देखि २०७३÷१२÷१८) सञ्चालन हुने ८ औँ इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना ९४ शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाएको हो ।

अघिल्ला वर्षहरुमा देशका विभिन्न स्थानहरुमा छुट्टै काउण्टर स्थापना गरेर संकलन गर्दै आईएको परिक्षा शुल्क यस वर्ष भने ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाइएको छ ।

नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग संगको सहकार्यमा सुरुवात देखिनै ग्लोबल आइएमई बैंकले इपिएस भाषा परिक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments