कोरिया रोजगारीमा नयाँ अवसर, कामदारका आफन्त र नर्स जान पाउने !

सोमवार, चैत्र २६, २०७४



काठमाडौं । कोरियामा रहेका नेपाली कामदाहरुलाई होमसिकबाट बचाउन सरकारले नयाँ उपाय खोजेको छ । आत्महत्याको दर घटाउन र परिवारसँग सहजिकरण गराउन परिवारलाई समेत कोरिया लैजाने पाउनेगरि सरकारले कोरिया सरकारसँग प्रस्ताव गरेको छ ।

नेपाली कामदारले आफ्नो परिवारलाई कोरिया लैजान पाउने सरकारले नेपालस्थित कोरियन दुतावास मार्फत प्रस्ताव गरिएको हो । नेपाल सरकारका तर्फबाट श्रम तथा रोजगरमन्त्री गोकर्ण बिष्टले कोरियन राजदूत पार्क योंग सिकसंग नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान पाउने व्यवस्था गर्न प्रस्ताव गरेका हुन् ।

प्रस्तावमा कामदारको सम्झौता अवधिभित्र कोरियामै आफ्ना परिवारका सदस्यलाई भेट्ने अवसर मिलाइदिने लगायतका कामसँग सम्बन्धित बुदाँहरु उल्लेख गरिएको छ । परिवारसँग निश्चित समय विदेशमा विदा मनाउन पाए त्यसले अहिले कोरियमा बढ्दो रुपमा देखिकएको आत्महत्या लगायत जस्तो घातक रोगमा पनि कम हुने विश्वास सरकारको छ ।

सरकारले नेपाली नर्सहरुका लागि पनि कोरियामा उचित अवसर मिलाइदिन आग्रह गरेको छ ।

136 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank