२५ मिनेट कुनै विमान नउड्ने, ट्राफिक जाममा पर्नेलाई विशेष सुविधा

बिहिबार, कार्तिक २९, २०७५



दक्षिण कोरिया । दक्षिण कोरियको नेशनल युनिर्भसिटिमा भर्ना हुन चाहाने विद्यार्थीको निम्ती लिइने परिक्षाको तयारी सकिएको सरकारले जनाएको छ ।  ५ लाख ९५ हजार विद्यार्थीले आफ्नो भविष्य निर्माणको निम्ती चुनेको नेशनल युनिर्भससिटी प्रवेश परिक्षामा भाग लिनेहरुको निम्ती सरकारले विशेष व्यबस्था गरेको छ ।

शिक्षा मन्त्रालयले विद्यार्थीको हितमा निर्णय गर्दै सार्वजनिक कार्यालय, स्टक मार्केट एक घण्टा ढिलो खुल्ने बताएको छ ।  विहान ८ः४० बाट सुरु हुने प्रवेश परिक्षा करिब नौ घण्टा चल्ने बताइएको छ । इग्लीस लिसनिङकाे समय कोरियन एयरपोर्टबाट २५ मिनेट विमान नउड्ने र अन्य विमानलाई पनि ३ हजार फिट माथि मात्र उड्न दिने जनाइएको छ ।

परिक्षामा सहभागी हुन हिडेका विद्यार्थी जाममा फसेको खण्डमा प्रहरीले मोटर साइकल वा बाहन मार्फत परिक्षा स्थल पुर्याइने जनाइएको छ । दक्षिण कोरियाको अत्यन्त राम्रो उक्त युनिर्भसिटीमा पढ्न पाएको खण्डमा सजिलै जागिर पाउन सक्ने विद्यार्थीहरुको भनाई छ । उक्त परिक्षामा सहभागी हुन विद्यार्थीहरुलार्इ सिंगापुर भ्रमणका रहेका राष्ट्रपति मुन इन जोले गुड लक विस फेसबुक मार्फत दिएका छन् ।

परिक्षामा कुनै अनियमितता नहोस भनेर इलोक्ट्रोनिक सामान लिन मनाई गरिएको छ । साथै परिक्षाको बीचमा निक्सन प्रतिबन्ध लगाइएको छ । उक्त परिक्षाको नतिजा आगामी ५ डिसेम्बरमा घोषित गरिने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata