“हर बोलिको सिमाभित्रै रहिदिउला तिम्रा लागि”

शनिबार, चैत्र १०, २०७४

- कोपिला घिमिरे



च‍ोटै दिएउ भनेपनि सहिदिउँला तिम्रो लागि।
भावनामै भएपनि बहिदिउँला तिम्रो लागि।

=========================

आफ्नो मनले नस्विकारी बोल्ने हिम्मत कहाँ हुन्छ
हर बोलिको सिमा भित्रै रहिदिउँला तिम्रो लागि।

=========================

अनुभबै नगरि त ज्ञान कसरी पुर्ण हुन्छ
याद दिलाउ अज्ञानि नै भईदिउँला तिम्रो लागि।

=========================

कतै मेरो ब्यबहारले तिम्रो आत्मा रुन्छ भने
दुखी हुदै दिलबाटै गईदिउँला तिम्रो लागि।

=========================

झुटो बोल्नु हुन्न भन्ने सिकेपनि बा(आमाबाट
खुशी हुन्छौ भने झुटै, कहिदिउँला तिम्रो लागि।

 

195 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank