कोलम्बो प्रोसेसको छैंटो बैठक काठमाडौंमा सुरु

बिहिबार, कार्तिक २९, २०७५



काठमाडौं । रोजगारीका निम्ती कामदार पठाउने एशियाली राष्ट्रको साझा मञ्च कोलम्बो प्रोसेसको बैठक काठमाडौंमा सुरु भएको छ । बैठकमा नेपाल, अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, थाइल्याण्ड र भियतनाम लगायत देशका सदस्य राष्ट्रहरु  श्रममन्त्री र उच्च सरकारी अधिकृत  संग्लग्न रहेका छन् । कोलम्बो प्रोसेसमा १२ सदस्य  र आठ पर्यवेक्षक राष्ट्रकाे सहभागिता रहेकाे  छ ।

बैठकमा सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनकाे लागि विश्वव्यापी सम्झौता जिसिएम र कोलम्बो प्रोसेसबीचको अन्तरसम्बन्ध, जिसिएम कार्यान्वयन लगायत विषयमा छलफल हुने जनाइएको छ । साथै बैठकमा अाप्रवासन नीति सम्बन्धी छलफल समेत हुनेछ ।

आजको बैठकमा उच्च सरकारी अधिकारीहरु सहभागी हुने र भोलि मन्त्रीस्तरीय बैठक हुने श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डाक्टर नारायण रेग्मीले नेपालपाटी डटकमलार्इ  जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank