कोलम्बो प्रोसेस : मन्त्रीस्तरीय परामर्श बैठक काठमाडौंमा सुरु हुँदै

शुक्रबार, कार्तिक ३०, २०७५



काठमाडौं । आप्रवासी श्रमिकको विषयमा १२ देशले साझा छलफल सुरु गरेका छन् । आप्रवासी श्रमिकका साझा संगठन कोलम्बो प्रोसेसमा मन्त्री स्तरीय छैटौ परामर्श बैठक राजधानी काठमाण्डुमा सुरु हुदैछ । राजधानी काठमाडौंको होटल सोल्टीमा आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । कोलम्बो प्रोसेसका सचिवहरुको हिजो बसेको पाँचौ बैठकले तयार पारेको प्रतिवेदन सदस्य राष्ट्रबीचको आज बस्ने छैटौ मन्त्रीस्तरीय परामर्श बैठकमा पेश हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

आप्रवासी कामदारको हक हित र सुरक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै आएको कोलम्बो प्रोसेसका उच्च अधिकारीको पाचौ बैठकले आप्रवासी श्रमिकका मानवअधिकार, सुरक्षा सुनिश्चिततालगायत अवसर चुनौतीका बारेमा समूहगत छलफल गरी निश्कर्षसहितको प्रतिवेदन तयार पारेको हो । अध्यक्ष राष्ट्रका हैसियतले उच्च अधिकारीको पाँचौ बैठकको श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले उद्घाटन गरेका थिए ।

पछिल्लो समय कोलम्बो प्रोसेस श्रम आप्रवासन, श्रमिकको उद्गम मुलुक र गन्तव्य मुलुक दुवैको विकासका लागि महत्वपुर्ण माध्यम बन्दै आएको छ हिजोको बैठकले कोलम्बो प्रोसेसका सदस्य राष्ट्रले सहमति गरेका कन्सुलर सहायता, आप्रवासन सम्बन्धी दीगो विकासको लक्ष्य कार्यान्वयन, आप्रवासी कामदारको स्वास्थ तथा महिला आप्रवासी कामदारको समानाताको प्रर्वद्धनका विषयमा छलफल गरी साझा चुनौतीका रुपमा रहेका विषयमा सामुहिक र प्रभावकारी प्रयत्नका लागि काठमाडौ घोषणा पत्र तयार पारेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank