कोइलाखानी दुर्घटनामा २१ जनाको मृत्यु

आइतवार, पुस २९, २०७५



चीन । चीनको शाक्सी प्रान्तमा रहेको कोइला खानी दुर्घटनामा मर्नेको संख्या२१ पुगेको स्थानीय समाचार एजेन्सीले जनाएको छ । दुर्घटनाको समय कोइलाखानीमा ८७ जना मजदुर काममा रहेका थिए । दुर्घटनामा कोइलाखानीको छत खस्न जाँदा घटना स्थलमै २१ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

घाइते ६६ जनालाई उद्धारकर्मीले अस्पताल पठाएको जनाएको छ । चिनियाँ समय अनुसार शनिबार साँझ ४.३० बजे शेन्मु शहर स्थित कोइला खानीमा दुर्घटना भएको हो ।
दुर्घटनाको कारण हाल सम्म पत्ता नलागेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata