टेस्ट, एकदिवसीय र टी–२० को नम्बर एक खेलाडी बन्दै विराट कोहली !

loading...

बुधबार, मंसिर २९, २०७३



काठमाडौं । इङ्ल्यान्डविरूद्ध दोहोरो सतक बनाएपछि भारतीय कप्तान विराट कोहलीको उत्कृष्ट खेलाडीको र्‍याङ्किङमा ठूलो सुधार आएको छ। उनी टेस्ट ब्याट्सम्यानको श्रेणीमा दोस्रो स्थानमा उक्लिएका छन्, जुन उनको करिअरको उत्कृष्ट र्‍याङ्किङ हो ।

उनीभन्दा एक स्थानमाथि अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ छन्। उनी ११ अंकले विराटभन्दा माथि छन् । मुम्बईको चौथो टेस्टमा २ सय ३५ रन बनाएपछि विराटलाई ५३ अंक प्राप्त भएको थियो । जसका कारण उनको रेटिङ अंक ८ सय ८६ पुगेको छ । उनी क्रिकेटको तीन वटै विधामा विश्वको नम्बर एक ब्याट्सम्यान बन्न केही अंकले मात्र पछाडि छन्। विराट एकदिवसीय र टी–२० को नम्बर एक ब्याट्सम्यान हुन् ।

आइसिसीले खेलाडी र टिमको विषयमा हालै जारी गरेको नयाँ र्‍याङ्किङ अनुसार टेस्टको नम्बर एक बलमा भारतका रविचन्द्रन अश्विन छन्। दोस्रो स्थानमा श्रीलंकाका रंगना हेराथ छन्। उत्कृष्ट टेस्ट टिममा भारत छ। इङ्ल्यान्ड दोस्रो नम्बरमा छ ।

370 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom