संयूक्त राष्ट्रसंघका पूर्व महासचिव अन्नानको ८० वर्षकाे उमेरमा निधन

शनिबार, भदौ २, २०७५



काठमाडौं । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन भएको छ । अन्नानको ८० वर्षको उमेर निधन भएको हो । केही समयदेखि विरामी भएका अन्नानको स्वीटजरल्यान्डमा निधन भएको हो ।

संयुक्त राष्ट्र संघका महासचिवका रुपमा उनले १९९७ देखि २००६ सम्म दुर्इ कार्यकाल काम गरेका थिए । अन्नान राष्ट्र संघको महासचिव बन्ने पहिलो अश्वेत थिए । २००१ को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघ र कोफी अन्नानलार्इ संयुक्त रुपमा प्रदान गरिएको थियो ।

राष्ट्रसंघकै करिअरबाट महासचिव बन्ने उनी पहिलो व्यक्ति हुन्। संयुक्त राष्ट्र सचिवको रूपमा अन्नानको कार्यकाल इराक युद्ध र एचआईभी र एड्स महामारीसँग महत्वपूर्ण काम गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata