कोफी ‘अटा’ अनानबारे क्याथरिन हिगनेटले खोलिन् सात तथ्य

आइतवार, भदौ ३, २०७५



संयुक्त राष्ट्रसंघका पूर्व महासचिव तथा नोवेल पुरस्कार  विजेता कोफी अनानको शनिबार निधन भएको छ । उनको निधनको खबरले विश्वभरका राष्ट्रहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । काेफी अनान बारे  क्याथरिन हिगनेटले केहि तथ्य सार्वजनिक गरेकी छिन् । उनले अनानबारे गरेका सात खुलासा हेर्नुहाेस ।

१) अनानको जन्म ८ अप्रिल १९३८ मा कम्पास गोल्डकोस्ट अहिलेको कुमासी घानामा भएको थियो । उनीसँग जुम्ल्याहा बहिनी जन्मेकी थिइन्। जसको नाम एफुवा  ‘अटा’  राखिएको थियो । उनको मृत्यु १९९१ मा भएको थियो । उनीहरुको साझा मध्य नाम  ‘अटा’  भनेको ‘जुम्ल्याहा’  हो ।

२) उनले स्नातक तह पूरा गर्नु अघि युनीभर्ससिटी अफ साईन्स एण्ड टेक्नोलोजी कुमासीमा भाग लिएका थिए । उनले सेन्ट पाल मिनेसोटा म्याकालेस्टर कलेजमा अर्थशास्त्र अध्ययन गरे । त्यसपछि जेनेभाको अन्तराष्ट्रिय विकास अध्ययन सस्थानमा अर्थशास्त्रकाे अध्ययन जारी राखे ।

३) सन् १९६२ मा आफ्नो कुटनीति क्यारीयर शुरु गरे । जेनेभा स्थित विश्व स्वास्थ्य संगठनमा प्रशासनिक र बजेट अधिकारीको रुपमा सफल अनान अनन्त १९९३ मा शान्ति सुरक्षाका लाागि सहायक सचिव बन्न पुगे ।

४) सन् १९९९ को अगस्टमा  ईराक ले कुवेतमा आक्रमण गर्यो । तात्कालिन महासचिवले उनलाई ईराकमा रहेका एक हजार अन्तराष्ट्रिय कर्मचारीको रिहाई र  अंग्रेजीकाे  व्यवस्थापन गर्ने काम सुम्पीए । अनानले मानव अधिकार सहायता कोषको समर्थनमा तेलको विक्रिमा ईराकसँग वार्ताको नेतृत्व गरे ।

५)संयुक्त राष्ट्र संघ प्रमुखमा बहाल रहँदै गर्दा कोफी अनानले अनान फाउण्डेसन सुरु गरे । गैर नाफा मुलक यस संस्थाले विश्वव्यापी शासन सुधार गर्न र थप शान्तीपूर्ण संसार निर्माण गर्ने लक्ष राखेको छ ।

६) अनानले सिरयाको लागि संयुक्त राष्ट्र अरब लिग दुतको रुपमा काम गरिसकेका छन् । निरन्तर चर्किएको गृहयुद्ध पछि उनले दुतबाट राजिनामा दिए ।

७) फेन्च, अंग्रेजी र धेरै अफ्रिकी भाषामा दख्खल राख्ने अनानले दुई विबाह गरेका थिए । उनका तीन सन्तान छन् । उनीहरुकाे नाम कोजो,अमा र नीना राखीएकाे थियाे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata