कोलकत्तालाई हराउँदा पनि कोहलीको बैंगलोर अंक तालिकाको पुछारमै

शनिबार, बैशाख ७, २०७६



एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल)को ३५ औं खेलमा कप्तान विराट कोहलीले शतकीय इनिङस पछि रोयल च्यालेन्जर्स बैंगलोरले कोलकत्ता नाइट राइडर्समाथि १० रनको जित निकालेको छ।

शुक्रबार राती कोलकत्तास्थित इडेन गार्डेन्स मैदानमा बैंगलोरले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ३ रन मात्र बनाउन सक्यो । कोलकत्ताका लागि नितिस रानाले अविजित ८५, आन्द्रे रुसेलले ६५ रन बनाए । सुनिल नारायणले १८ तथा रोविन उथप्पा र सुभमन गिलले समान ९-९ रन बनाएका थिए । बलिङमा बैंगलोरका डेल स्टेनले दुई विकेट लिँदा मार्कस स्टोइनिस र नन्दीप सैनीले एक-एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय १३ रन बनाएको हाे । बैंगलोरका लागि कप्तान विराट कोहलीले सय रनको शतकीय इनिङ खेले । कोहलीले ५८ बलमा ९ चौका र ४ छक्का हानेका थिए । मोइन अलिले ६६ रन बनाए । अक्षयदिप नाथले १३ र ओपनर पार्थिव पटेलले ११ रन जोडे ।

बलिङमा कोलकत्ताका लागि सुनिल नारायण, आन्द्रे रसेल, हेरी गुर्नी र कुलदीप यादवले समान एक एक विकेट लिएका थिए । यस जितसँगै पुछारको बैंगलोरले ९ खेलबाट चार अंक बनाएको छ । आठ खेलबाट ८ अंक बनाएको कोलकत्ता छैटौं स्थानमा छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata