अमेरिका-चीन द्वन्द्व दोस्रो विश्वयुद्ध भन्दा भयानक हुनेछ- हेनरी किसिन्जर

शुक्रबार, कार्तिक २९, २०७६



 अमेरिकी पूर्व विदेश सचिव हेनरी किसिन्जरका अनुसार संयुक्त राज्य अमेरिका र चीनबीचको द्वन्द्व ‘अपरिहार्य’ हुनेछ। जसको नतिजा विध्वंसात्मक हुनेछ । उनका अनुसार यस द्वन्द्व ‘दोस्रो विश्वयुद्ध भन्दा भयानक’हुनेछ।

“हामी अहिले कठिन अवस्थामा छौं। विश्वको भविष्यलाई मध्यनजर गर्दै समाधानका लागि अपरिहार्य कठिनाइहरूको प्रबन्ध गर्नमा दुवै पक्षका नेताहरू निर्भर हुनेछन्।” न्यूयोर्कमा अमेरिका-चीन सम्बन्ध सम्बन्धी राष्ट्रिय समितिले आयोजना गरेको एक कार्यक्रममा किसिन्जरले उक्त कुरा बताएका हुन् ।

“चीनको विकासको धेरै पक्ष अमेरिकाका लागि चुनौतीपूर्ण छ भन्नेमा कुनै शंका छैन,” ९६ वर्षीय किसिन्जरले भने। “ब्रह्माण्डको विभिन्न भागमा दुई ठूला देशहरू समान स्थानमा पहिला कहिल्यै भएका थिएनन् । उनीहरूबीच चलिरहेको द्वन्दले स्थायी जीत निकाल्न सकिदैन । बेजीङ र वासिंगटनले यो बुझ्नुमा बुद्धिमानी हुनेछ कि थप द्वन्दको परिणाम विपत्तिजनक हुनेछ ।”

उनले थप्दै भने- कुनै पनि प्रस्ताव पारित भएन भने यो युरोपेली सभ्यतालाई बिगार्ने विश्वयुद्धभन्दा पनि खराब हुनेछ ।” अब यो विचार गर्न सम्भव छैन कि एउटा पक्षले अर्को पक्षलाई छोडिदिन सक्छ ।

सन् १९७२ मा राष्ट्रपति रिचर्ड निक्सनको चीन भ्रमणले निर्माण गरेको महत्वपूर्ण कूटनीतिक शक्तिलाई किसिन्जरले यसरी सम्झीए कि- विश्वका दुई ठूला अर्थतन्त्रहरू एक व्यापार युद्दमा संलग्न भएको छ कि यसले सीमापार व्यापारको भोकलाई कमजोर पारेको छ र उनीहरूको आर्थिक वृद्धिको सम्भावनालाई क्षति पुर्‍याएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले जून २०१८  मा चीनका उत्पादनहरूमा अतिरिक्त शुल्क लगाउन थालेका थिए। बेजिङलाई दबाब दिन राष्ट्रपति ट्रम्पले चिनियाँ प्रशासनलाई व्यापार र औद्योगिक नीति परिवर्तन गर्न दबाब दिन थाले ।

किसिन्जर, नोभेम्बर २०१८ मा चीन गएका र राष्ट्रपति सी जिनपिङ र क्याबिनेटका वरिष्ठ अधिकारीहरूसँग भेट गरे। न्यूयोर्कमा उनले आफ्ना श्रोताहरूलाई भने कि “जब हामीले यो सम्बन्ध शुरू गरेका थियौं, यो रणनीतिक थियो।”

हेनरी किसिन्जर विश्वास गर्दै भन्छन्  कि- अमेरिका र चीन अन्ततः सँगै बस्न सिक्नेछन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata