उखु किसानको पैसा नतिर्ने व्यापारीलाई पक्राउ गर्न निर्देशन

मङ्लबार, पुस १५, २०७६



काठमाडौँ । उखु किसानहरूले उखुको मूल्य र पैसा नपाएको भन्दै सडक आन्दोलन थालेका छन् । आफ्ना मागहरू पूरा गर्न उखु किसानहरू काठमाडौँमा आएर आन्दोलन सुरु गरेका हुन ।

किसानहरूको माग जायज भएको भन्दै गृह मन्त्रालयले उखु किसानको पैसा नतिर्ने व्यापारीलाई पक्राउ गर्न निर्देशन दिएको छ । उखु किसानको बक्यौता नतिर्ने व्यापारीलाई तत्काल पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा गृह मन्त्रालयले आज प्रहरी मुख्यालयलाई निर्देशन दिँदै बक्यौता नतिर्ने व्यापारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन पत्राचार गरेको हो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments