एमाले जिल्ला कमिटी उपाध्यक्षमाथि किर्ते गरी पैसा निकालेको आरोप

शनिबार, बैशाख २२, २०७५



हुम्ला । नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष ज्ञामी बुमीमाथि किर्ते गरी लघुजलविद्युत आयोजनाको पैसा निकालेको आरोप लागेको छ । नेरा खोला लघुजलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष समेत रहेका बुमीमाथि उपभोक्ता समितिका सचिव डिलबहादुर कार्कीले किर्ते गरी पैसा निकालेको आरोप लगाएका हुन् । बुमीसँग सम्पर्क गर्न खोज्दा उनको फोन अफ थियो ।

कार्कीले भने ‘बैंकले दस्तखत नमुना कार्ड स्क्यान नभएकाले अर्को पेश गर्न भनेछ । त्यसपछि मेरो हस्ताक्षर समेत अध्यक्ष आफैँले गरेर दस्तखत नमुना कार्ड भर्नुभएछ । दुवैको हस्ताक्षर आफैँ गरे आयोजनाको पैसा निकालेर हिड्नुभएछ ।’ बैंक स्टेटमेन्ट र दस्तखत कार्डको हस्ताक्षर देखाउन आग्रह गर्दा राष्ट्रिय वाणिज्य बैंकले नमानेको कार्कीले बताए । तर, बैंकका म्यानेजरले पैसा भने निस्किसकेको बताएका थिए ।

Dilbahadur karkiउपभोक्ता समितिका सचिवको बयान
‘अध्यक्षले किर्ते हस्ताक्षरबाट पैसा निकाल्नुभएछ’
अध्यक्ष र सचिवको संयुक्त दस्तखतबाट पैसा निकाल्नुपर्ने हुन्छ । सर्केगाँड गाउँपालिकाबाट आयोजनाका लागि विनियोजित ५० लाख मध्ये पहिलो किस्तामा ३१ लाख रुपैयाँ दुवै जनाको हस्ताक्षरबाट निकाल्यौँ । ३१ लाख मध्ये ५ लाख सिमेन्ट ढुवानीका लागि अध्यक्षले मेरो जिम्मामा दिनुभयो । त्यो रकम लिएर म सिमेन्ट ढुवानीको काममा लागेँ । बाँकी २६ लाख अध्यक्षले नै राख्नुभयो । अध्यक्षले रकमबारे पछि हिसाव गर्ने बताउनुभयो ।

पछि बाँकी रकम पनि गाउँपालिकाले भुक्तानी दिएछ । पहिला बैंकमा पेश गरेको नमुना दस्तखत कार्डको स्क्यान नभएको कारण देखाउँदै बैंकले  पुनः दस्तखत नमुना कार्ड मागेछ । त्यसपछि अध्यक्षले मसँग फोटो र नागरिकताको फोटोकपी माग्नुभयो । म विकट ठाउँमा रहेको र साथमा नभएकाले दिन नसकिने जानकारी गराएँ । तर, अध्यक्षले उहाँ र मेरो दुवै ठाउँमा आफैँ दस्तखत गर्नुभएछ । र पैसा निकाल्नुभएछ । त्यो कुरा मैले थाहा पाएँ । त्यसपछि गत शु्क्रबार राष्ट्रिय वाणिज्य बैंकमा गएर बुझ्न खोज्दा बैंकले निकालेको रकम र दस्तखत खुलाउन चाहेन । तर, पैसा चाहिँ निस्किसकेको जानकारी बैंकका अधिकारीले दिए । पैसा बिहीबार निकालिएको रहेछ ।

त्यसपछि सिडिओ कार्यालय आएँ । र मौखिक रुपमा घटनाबारे जानकारी गराएँ । उहाँले जिल्ला प्रहरी कार्यालयमा उजुरी र अदालतमा मुद्दा हाल्न सकिने सुझाउनुभयो ।

943 पटक पढिएको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank