किरात राई पत्रकार संघको अध्यक्षमा राई निर्वाचित

आइतवार, बैशाख ३०, २०७५



खोटाङ ।

किरात राई पत्रकार संघको अध्यक्षमा खोटाङका भीम राई निर्वाचित भएका छन । सर्वसहमतिको प्रयास असफलपछि भएको निर्वाचनमा अध्यक्षमा अर्का प्रतिस्पर्धी प्रकाश राईलाई भारी मतले हराउँदै भीम राई अध्यक्षमा निर्वाचित भएका हुन ।

विजयी भीमको पक्षमा ५४ र निकटतम प्रतिस्पर्धी प्रकाशले पाँच मत मात्र प्राप्त गरेको निर्वाचन मण्डलले जानकारी दिएको छ । निर्वाचन मण्डलका संयोजक राजेश चाम्लिङका अनुसार अन्य पदाधिकारी र सदस्य सर्वसहमत चयन भएका छन् ।

भक्तपुरको बोडेमा आईतबार बिहान सम्पन्न चौथो राष्ट्रिय अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा गणेश साम्पाङ, खुला उपाध्यक्ष अवतार राई र महिला उपाध्यक्षमा रीता राराहाङ राई लगायत चयन भएका हुन ।

समितिको महासचिवमा भक्त राई, सचिवमा विशाल राई, महिला सचिवमा सरिता राई, कोषाध्यक्षमा गंगा राई र सहकोषाध्यक्षमा सन्तोष राई चयन भएका छन। २१ सदस्यीय समितिको सदस्यमा रामधन राई, शान्तिराज राई, राजन राई, नुनुता राई, एसपी जेरो, मीना राई, सुमन खालिङ, कृष्णजीत राई, राजकुमार राई, प्रवीण राई, अमृत थुलुङ, लीला राई र सरिता राई चयन भएका छन । निर्वाचित संघको पहिलो बैठकले दुई सदस्य थपेर २३ सदस्यीय समिति बनाउने विधानमा उल्लेख छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank