म्याराथन दौडमा किरणसिंह बोगटीले दिलाए नेपाललाई स्वर्ण

शनिबार, मंसिर २१, २०७६



काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत म्याराथन दौडमा नेपालले स्वर्ण जितेकाे छ।

आज(शनिबार) बिहान भएकाे पुरुषतर्फको स्पर्धामा ४२ किलोमिटर दाैडमा नेपालका  किरणसिंह बोगटीले स्वर्ण जितेका हुन्। उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments