मलेसियाले पायो १६ औं राजा

शुक्रबार, माघ ११, २०७५



मलेसिया । मलेसियाको राजसभाले १६ औं राजा चुन्न सफल भएको छ। गत विहिबार सुल्तान अब्दुल्लाह शाहलाई संवैधानिक राष्ट्रप्रमुखको रुपमा निर्वाचित गरिएको हो । सन १९५७ मा वेलायती उपनिवेशबाट स्वतन्त्र भए सँगै ९ राज्यमा रहेका सुल्तानहरुबाट मलेसियाको राजा चुनिने परम्परा बसाईएको हो ।

मलेसिया भित्र रहेका १३ राज्य मध्य ४ मा गर्भनरले शासन गर्ने र बाँकी ९ राज्यमा सुल्तानहरु परम्परागत शासक रहँदै आएका छन् । मलेसियाको संवैधानिक व्यवस्था अनुसार यीनै ९ राज्यका सुल्ताङहरुबाट हरेक ५ वर्षमा राजा चुनिदै आइरहेको छ ।

मुस्लिम बहुल मलेसियामा सन १९५७ पछि चुनिएका राजा मध्येमा आफ्नो कार्यकाल पुरा नगर्ने ४९ वर्षीय राजा सुल्तान मुहम्मदले जनवरी ६ मा राजीनामा घोषणा गरेका थिए ।  १५ औं राजा सुल्तानले सन २०१६ डिसेम्बरमा राजगद्धी समालेका थिए ।

राजा सुल्तानले राजीनामा दिनुको कारण नखुलाईए पनि रुसी पूर्व सुन्दरी सँग विवाह गरिएकोलाई मानिएको छ ।  मलेसियाको संविधान अनुसार राजा दैनिक प्रशासनिक काममा संग्लग्न हुँदैनन् । प्रधानमन्त्रीलाई नियुक्ती दिने, इस्लाम धर्मको रक्षा गर्ने, अदालतबाट दोषि प्रमाणित व्यक्तिलाई क्षमादान दिने जस्ता काम राजाबाट हुने गर्दछ ।

पालो प्रणालीबाट राजा चुन्ने मलसियामा ९ राज्यका सुल्तानहरुले गोप्य मतदान मार्फत राजा चुन्ने गर्दछन् । खेलकुदमा सौखिन नयाँ राजा सुल्तान अब्दुल्लाहले जनवरी ३१ तारिखमा पद वहाली गर्ने छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata