किंग कोर्बालाई साथी मान्छिन् ८ बर्षीय बालिका

बुधबार, अशोज ३, २०७५



भारत । बुन्देल खण्डको नजिकै रहेको गाउँ घतामपुर निवासी एक ८ बर्षीय बालिका विशालु सर्प किंग कोर्बालाई आफ्नो साथी मान्छिन् ।आफ्नो नाम काजोल बताउने बालिका कोर्बासँगै खाना खान्छिन् । सँगै खेल्छिन् ।

कोर्बासँग बस्न र खेल्न मन पराउने उनी विद्यालय जान चाहदिनन् । भनिन्छ, संसारको सबैभन्दा विशालु सर्प किंग कोर्बा एकै पटकमा ४० जनालाई मार्न सक्छ ।

यस्तो विशालु सर्प काजोलसँग ६ वटा छन् । आफ्ना दुई भाई, ६ दिदीबहिनी र आमाबाबुसँग बस्ने काजोल बाबुसँग सर्प समात्न जंगल जान्छिन् । उनको शोख देखेर आमा बुबा अत्यन्त चिन्तित छन् ।

काजोललाई किंग कोर्बाले कैयौं पटक डसिसकेको छ । उनको बुबा ग्रामिण दवाई गर्दै निको पार्छन् । तर पनि उनी कोर्बासँग खेल्न छाड्दिनन् ।

हेर्नुहाेस भिडियाे :

328 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank