उत्तर कोरियाका राष्ट्रपति किम रसिया भ्रमणमा

बुधबार, बैशाख ११, २०७६



मस्को । उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन रसियाको राष्ट्रपतिसँग भेट गर्न प्याेङयाङबाट रसिया प्रस्थान गरेका छन् ।  उत्तर कोरियाको समाचार एजेन्सीले जनाए अनुसार बुधबार विहान राष्ट्रपति उन रेलबाट मस्को प्रस्थान गरेका थिए ।

शिर्ष नेताहरु र सैनिक अधिकारी सहित मस्को प्रस्थान गरेका राष्ट्रपति उनले विहिबार रुसी राष्ट्रपति भलादिमिर पुटिनसँग भेटघाट गर्ने छन् । कोरियाली प्रायद्धिपमा परमाणु समस्याको समाधान गर्ने हेतुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनसँग शिखर वार्ता गरेसँगै उनको मस्को भ्रमण उत्सुकताका साथ हेरिएको छ ।

रुसी अधिकारीहरुले सन २००९ देखी उत्तर कोरियालाई परमाणु कार्यक्रम छोड्नका निम्ती अनुरोध गर्दै आईरहेको छ । सन २००२ मा रुसी राष्ट्रपति पुटिनले पुर्व कोरियाली नेता एवम उनको पिता किम जोङ इलसँग रुसमा एक शिखर सम्मेलनको आयोजना गरेका थिए । किम जोङ इलले सन २०११ मा रुसको भ्रमण गर्दै दिमित्री मेडेभेटसँग विभिन्न विषयमा वार्तालाप गरेका थिए ।

हालैको दिनमा अमेरिकी विदेश मन्त्री माइक पोम्पिओलाई वार्ताकारबाट बदल्ने चर्चा चलेसँगै अमेरिका उत्तर कोरिया विवाद झनै चुलिदै गएको छ । गत फेब्रुअरीमा अमेरिका र उत्तर कोरियाको हनाेइ  वार्ता असफल भएसँगै राष्ट्रपति उनको मस्को भ्रमणलाई अर्थपूर्ण मानिदैछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata