फोटोग्राफीको नियम उल्लंघन गरेको आरोपमा नेता किमले आफ्नो निजी फोटोग्राफरलाई जागिरबाट निकाले

सोमवार, चैत्र १८, २०७५



काठमाडौं । उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो निजी फोटोग्राफरलाई जागिरबाट निकालेका छन् । ३ सेकेण्ड किमको बाटो छेकेको आरोपमा उनलाई किमले जागिरबाट निकालेका हुन् । किम जनतासँग कुराकानी गरिरहेको समयमा फोटोग्राफर तस्बिर लिनका लागि उनको अगाडि आएका थिए । यसैका कारण केवल ३ सेकेण्डसम्म बाटो रोकिएको थियो ।

स्थानीय मिडियाका अनुसार फोटोग्राफरको थर री हो । रीले जुन एंगलबाट फोटो लिइरहेका थिए उनको क्यामेराको फ्ल्यासबाट किमको टाउकोलाई पनि समेटेको थियो । रीमाथि यो फोटोग्राफीका लागि बनाइएको दुई मिटरको प्रतिबन्ध उल्लघंन गरेको अरोप लागेको छ ।

री सुप्रीम पिपुल एस्म्बेली(SPA) अन्तर्गत क्षेत्र नम्बर १० को जिल्ला स्तरीय चुनावको फोटो लिइरहेको थिए । डेल्ली नर्थ कोरियामा प्रकाशित समाचार अनुसार री ४७ वर्षीय एक वृद्द  फोटोग्राफर हुन्, जो कोरियन आर्ट फिल्म स्टुडियोको सदस्य समेत हुन् । जो यस घटाना पश्चात उक्त संस्थाबाट निकालिएका छन् ।

यसका साथसाथै रीमाथि किमको अगाडि आएर फोटो वा भिडियो नलिने नियमको उल्लघंन गरेको आरोप पनि लागेको छ । जसलाई कोरियाली मिडियाले यसरी परिभाषित गरेको छ, “anti-Party act of damaging the Supreme Dignity of our Party.” उनलाई  फोटोग्राफीको नियम उल्लंघन साथै उच्च स्तरीय राष्ट्रिय पदाधिकारीहरुको ठिक सामुन्नेबाट फोटो खिचेको आरोप समेत लागेको छ ।

री गत महिना हनोइमा डोनाल्ड ट्रम्पसँग किमको भेटघाटको तस्बिर खिच्ने व्यक्ती पनि हुन्  ।

भिडियोमा हेर्नुहोस्;

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata