चन्दाको निहुमा मेयर कुटिए

बुधबार, जेष्ठ २२, २०७६



रौतहड । चन्दाको निहुमा रौतहटको राजपुर फरदहवा नगरपालिकाका मेयर कुटिएका छन् ।

इस्लाम धर्मावलम्बीको महान चाड इद उल फित्र मनाउने क्रममा मस्जिदमा बसेका रौतहट राजपुर फरदहवा नगरपालिका मेयर शेख सकिल कुटिएका हुन् । इद उल फित्र मनाउनका लागि चन्दा कम दिएको बहानामा मेयर सकिल  कुटिएकाे स्थानीयले जनाएका छन् ।

मेयर शेख सकिललाई गाउँकै शेख नेषादले टर्चलाईटले प्रहार गर्दा उनकाे आँखामा चोट लागेको छ ।

मेयर सकिलले चन्दाको बहानामा आफु माथि सुनियोजित आक्रमण गरेको जनाएका छन् । उनले भने,‘चन्दा एउटा बाहना मात्र हो ।’पुरानो रिसिबी साध्न  आक्रमण गरिएकाे हो ।

आक्रमण लगत्तै नेषाद फरार भएका छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक नविन कार्कीले जानकारी दिए । प्रहरी नायव उपरिक्षक कार्कीका अनुसार घाइते मेयरलाई तत्काल उपचारका लागी सदरमुकाम गौर लगिएको र आक्रमणकारीको  खोजी  भइरहेको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata