पहिलो पटक रुकुमका पत्रकारहरुको मृगौला परिक्षण

शनिबार, पुस १६, २०७३

loading...

- धनवीर दाहाल



रुकुम । प्रत्येक नेपालीको मृगौला परिक्षण गर्ने स्वास्थ्य मन्त्रालयको देशव्यापी अभियानलाई प्रचार प्रसार गर्ने तथा पत्रकारहरुलाई स्वस्थ राख्ने उद्धेश्यले  रुकुमका पत्रकारहरुको मृगौला परिक्षण गरिएको छ ।

जिल्ला अस्पताल सल्ले रुकुमको सहयोग तथा प्रेस युनियन रुकुमको आयोजनामा गरिएको निशुल्क मृगौला परिक्षण कार्यक्रममा जिल्लामा क्रियाशिल ४९ जना पत्रकार र अन्य सात जना सर्ब साधारण गरि शुक्रबार ५६ जनाको मृगौला परिक्षण गरिएको प्रेस युनियन रुकुमका कार्यबाहक अध्यक्ष आदर्श केसीले जानकारी दिए ।

मृगौला परिक्षण कार्यक्रमको उद्घाटनमा बोल्दै  जिल्ला स्वास्थ्य कार्यालय रुकुमका प्रमुख डाक्ट राजेन्द्र जिसीले चाँडै पत्रकारहरुको झै रुकुमेली  नागरिकहरुको पनि निशुल्क मृगौला परिक्षण गरिने बताए । उनले अव स्थानिय स्तरमै यहाँका नागरिकहरुको निशुल्क मृगौला परिक्षण गरिने बताए । रुकुमका प्राय सबै पत्रकारहरुको मृगौलामा कुनै खरावी नभएपनि चार जनाको सामान्य समस्या देखिएपनि जिल्लामा उपचार हुने अस्पतालले जानकारी दिएको छ ।

यसअघि नै स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्थानीयस्तरमै निःशुल्क मिर्गौला परीक्षणको व्यवस्था गरिएकाले तत्काल मृर्गौला परीक्षण गर्न सबैलाई आग्रह  गरि सक्नु भएको छ । स्वास्थ्य मन्त्रालयले मृर्गाैला परीक्षणका लागि प्रयोग हुने ‘डिपिस्टिक किट’ सबै जिल्लामा पठाइ सकिएकाले त्यसको उपयोग गर्न सबैलाई  आग्रह समेत गरेको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत, आपूर्ति व्यवस्थापन महाशाखाले गत कात्तिकको दोस्रो साता नै देशभरि पहिलो चरणमा २० लाख जनाको मृर्गाैला परीक्षण गर्न पुग्ने गरी किट पठाइसकेको छ । आवश्यकतानुसार अरु पनि किट पठाउन सकिने महाशाखाको भनाइ छ ।

510 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv