प्रयागराज कुम्भ मेलामा १२ करोड तिर्थयात्री आउने

शुक्रबार, पुस २०, २०७५



इलाहाबाद । भारतीय राज्य उत्तर प्रदेशको प्रयागराज (इलाहाबाद ) जिल्लाको त्रिवेणी संगममा १५ जनवरीवाट कुम्भ मेला शुरु हुने आयोजकले जनाएको छ ।

प्रति दिन २० लाख तिर्थयात्रीले दर्शन गर्ने उक्त मेलामा १० लाख विदेशी पर्यटक अनुमान गरिएको छ । सन २०१९ को कुम्भ मेलामा करिब १२ करोड तिर्थयात्री प्रयागराज आउने जनाइएको छ ।

१५ जनवरी पछिको पहिलो औंसीमा एकै दिन ३ करोड तिर्थयात्रीले कुम्भ मेलाको दर्शन गर्ने छन् । करिब ४५० वर्ष पछि पहिलो पटक भक्तहरुले अक्षयवट र सरस्वती कुपमा प्राथना गर्ने अबसर मिलाएको जनाएको छ ।

हिन्दु संस्कृतीको प्रदर्शन गर्नको नीम्ती कलाग्राम र। संस्कृत ग्राम बनाइएको छ । साँस्कृतीक कार्यक्रम,साँस्कृतीक विषयको प्रदर्शन, खानपिन क्षेत्र, विक्रय क्षेत्र प्रदर्शनी र पर्यटकीय भ्रमणको व्ष्यवस्था गरिएको आयोजकले जनाएको छ ।

हरेक १२ वर्षमा लाग्ने कुम्भ मेला २०१३ मा सम्पन्न भएको थियो । अहिले हुन गइरहेको कुम्भ मेला २०१९ अर्धकुम्भ मेला भए पनि यसलाई पूर्ण कुम्भ मेला भन्दा कम  महत्व नदिने आयोजकले जनाएको छ ।

गंगा,यमुना र सरस्वतीको संगम मानिने स्थानमा मनाइने कुम्भ मेला आफैमा पवित्र र ऐतिहासिक हुने आयोजकको दावी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank