खुमबहादुर खड्काको भारतको एपोलो अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार

शुक्रबार, चैत्र ९, २०७४



काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था गम्भीर भएको छ । लामो समयदेखि मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको भारतको नयाँ दिल्लीमा रहेको एपोलो अस्पतालमा उपचार भैरहेको छ ।

उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ । अहिले स्वास्थ्यमा केही सुधार भएको पारीवारीक स्राेतले जनाएकाे छ । खड्काको स्वास्थ्य लाभको कामना गर्दै उनको गृह जिल्ला दाङमा पुजाआजा गरिएको छ ।

पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकले खड्काको स्वास्थ्य लाभको कमना गर्दै पूजा गरेका हुन् ।

127 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank