शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

सोमवार, चैत्र १९, २०७४



काठमाडाै‌ । प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको सोमबार बसेकाे बैठकले नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार दिउँसो १ बजे बसेको राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष तथा प्रतिनिधि सभाका सभामुखले  कृष्ण बहादुर महराले खड्काको शोक प्रस्ताव प्रस्तुत गरेका थिए । दुबै बैठकले सो शोक प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो ।

दाङ जिल्लाबाट २०४८, २०५१ र २०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका खड्का नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य समेत रहेका छन् । स्व.खड्का विगतमा भौतिक योजना, स्थानीय विकास, गृह, वन तथा भू–संरक्षण, आपूर्ति एवं जलस्रोत मन्त्री समेत बनेका थिए । उनको चैत्र १६ गते भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा ६७ वर्षको उमेरमा निधन भएको थियो ।
संसदको आजको दुबै बैठकमा उनको सम्झनामा एक मिनेट मौनधारण गर्दै सदनको दुबै बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।

133 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank