महानगरपालिकाकाे निर्णय: खुलामञ्चमा पार्किङ गर्न नपाइने

सोमवार, पुस २८, २०७६



काठमाडौँ । देशका विभिन्न स्थानमा रहेका  सार्वजनिक जग्गालाई निश्चित व्यक्तिहरूले अतिक्रमण गर्दै वर्षाै देखि लाभ लिइरहेका छन् । सार्वजनिक जग्गा कहाँ कति अतिक्रमण भएको छ भन्नेबारे राज्य बेखबर नभए पनि बिचौलियाहरूले राज्यलाई नै छलकपट गरिरहेका छन् ।

पछिल्लो समय सार्वजनिक जग्गा अतिक्रमणको विषयमा सर्वसाधरण मानिस समेतले समेत औंला ठड्याउन थालेसँगै  यसको विकराल रुप सतहमा आएको छ ।  विगत लामाे समयदेखी काठमाडाैकाे मुटु मानिने खुलामञ्च समेत अतिक्रमणकाे चपेटामा परेकाे समाचारले महानगरपालिकालाई दबावमा राख्न सफल हुँदा महानगरपालिका वडा नम्बर २८ ले माघ १ गतेबाट खुलामञ्च भित्र पार्किङ गर्न नपाइने निर्णय गरेको छ ।

आगामी माघ १ गतेदेखि खुलामञ्चको गरिमालाई कायम राख्न पार्किङ निषेध गरिने सूचना प्रकाशित भएसँगै सर्वसाधरण नगरवाशी खुसी भएका छन । वडा २८ का वडाध्यक्ष भाइराम खड्गीले  पार्किङ निषेध गरेको बताउँदै खुलामञ्चको सट्टा वैकल्पिक पार्किङको व्यवस्था गरिएको जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments