अतिक्रमित खुलामञ्च जोगाउन सडक प्रदर्शन

बिहिबार, बैशाख १२, २०७६



काठमाडौं । संघीय राजधानी काठमाडौंको खुलामञ्च अतिक्रमण गरेको विराेधमा सरोकारवालाहरु सडक प्रदर्शनमा उत्रेका छन् । काठमाडौं महानगरपालिका र ठेकेदारको मिलेमतोमा खुलामञ्च कब्जा गर्न खोजेको भन्दै स्थानीय र सरोकारवालाहरु सडकमा उत्रेका हुन् ।

जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स नामक ठेकेदार कम्पनीले खुलामञ्च बिक्री गरेको आरोप लगाउँदै अतिक्रमित खुलामञ्च जोगाउन सडक प्रदर्शनमा उत्रेका सराेकारवालाहरु उत्रेका हुन् । बिहिबार प्लेकार्ड सहित खुलामञ्चमा उपस्थीत हुँदै उनीहरुले अतिक्रमणको विरोध गरेका छन्। उनीहरुले काठमाडौंको एक मात्र खुला ठाउँलाई   महानगरपालिका र ठेकेदार कम्पनी मिलेर अतिक्रमण गरेको आरोप लगाएका छन् ।

पूरानो बस पार्कमा भ्युटावर निर्मााण गर्न लागेको र खुलामञ्चलाई बसपार्क बनाएकोमा विरोध जनाउँदै ठेकेदारले बसपार्कमा सटर निर्माण गर्दै प्रति व्यापारी लाखौं रकम अशुल्ने गरेको आरोप लगाएका छन् । प्रदर्शनमा उत्रेका जनसमुदायले अनेकौं प्लेकार्ड सहित विरोध जनाएका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata