सासू, श्रीमती र सालोमाथि खुकुरी प्रहार

मङ्लबार, साउन २८, २०७६



अर्घाखाँची । ससुराली पुगेर एक जना युवाले सासू,श्रीमती र सालो माथि खुकुरी प्रहार गरेका छन ।

भुमिकास्थान नगरपालिका-६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले ससुराली पुगेर तीन जना माथि खुकरी प्रहार गरेका हुन । खुकुरी पहारबाट १८ वर्षीया श्रीमती गीता घर्ती, ४३ वर्षीया सासू भुमकला क्षेत्री र ११ वर्षीय सालो अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए।

घाइते तीनैजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको थियो। बुटबलमा पनि उपचार हुन नसकेपछि तीनैजनालाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गरि फरार रहेका चिरनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata