रावाबेँसी गाउँपालिकाका प्रमुखको गाडीमा आगजानी

सोमवार, मंसिर २३, २०७६



खाेटाङ । खाेटाङकाे रावाबेँसी गाउँपालिकाका प्रमुखको गाडीमाथि आगजनी भएको छ । गाउँपालिकाका प्रमुख लिलानाथ निराैलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा राखिएको बा २ झ ३५२४ नम्बरको गाडीमा आइतबार राति आगलागी भएको हो । आगलागीका कारण गाडी जलेर पूर्णरुपमा क्षतिग्रस्त भएकोे छ ।

‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो’, गाउँपालिकाका प्रमुख निरौलाले भने, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।’ करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

कुभिण्डेको हरमटार र ऐंसेलुखर्कबाट गएकोे प्रहरीे टोलीले राती साढे १ बजे आगो नियन्त्रणमा लिएको गाउँपालिका प्रमुख निरौलाले बताए ।

गाउँपालिका अध्यक्षले प्रयोग गर्दै आएका गाडी ३८ लाखमा खरीद गरिएको गाउँपालिकाले जनाएको छ । घटनाको बारे अनुसन्धान शुरु बहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments