लोकसेवाको परिक्षा शुरु हुनु अगावै प्रश्नपत्र च्यातिए !

शनिबार, साउन ४, २०७६



काठमाडौं । लोकसेवा आयोगले खोटाङको सदरमुकामस्थित दिक्तेल बहुमुखी क्याम्पसमा परिक्षा लिइरहेको थियो । शनिबार  ‘आरक्षण बचाऊ आन्दोलन’का आदिवासी जनजाती कार्यकर्ताहरु परीक्षा केन्द्रमा परीक्षा सुरु हुनै लाग्दा प्रश्नपत्र च्यातिदिएका हुन् ।

प्रश्नपत्र च्यात्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर परीक्षा सुचारू गरेको छ । प्रश्नपत्र च्यातेको आरोपमा आफ्ना ४ नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईले बताए ।

पक्राऊ पर्नेहरुमा आदिवासी जनजाति महासंघका खोटाङ जिल्ला सचिव रविन खम्बु र सहचिव एलबीमगर समेत छन् । त्यसैगरी दलित विकास मञ्चका मिलन चाहार र सविना अछामीलाई पनि प्रहरीले पक्राउ गरेको अध्यक्ष राईले बताए ।

स्थानीय तहका कर्मचारीका लागि लोक सेवा आयोगले प्रदेश १ तीनवटा केन्द्रहरु खोटाङ, धनकुटा र  इलाममा परिक्षा संचालन गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata