बागलुङमा वाम गठबन्धनका खिम विक्रम शाही विजयी

सोमवार, मंसिर १६, २०७६



बागलुङ । प्रदेश सभा सदस्यका लागि बागलुङ क्षेत्र नम्बर २ (ख) मा भएको उपनिर्वाचनमा वाम गठबन्धनका खिम विक्रम शाही विजयी भएका छन् । आइतबार राति सम्पन्न मतगणनाको परिणामअनुसार शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका जीत शेरचनले ९ हजार १३८ मत प्राप्त गरेका छन् । शाहीले शेरचनलाई दुई हजार ९७ मतआन्तरले पराजित गरेका हुन् । शाही राष्ट्रिय जनमोर्चाका उम्मेदवार हुन् । उनलाई सत्तारुढ नेकपाले समर्थन गरेको थियो ।

समाजवादी पार्टीका अशोककुमार विकले ३१६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का निमबहादुर भण्डारीले ३६, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवरले ३७, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राइले ८, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरल ४५ तथा स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९५ र सन्तोष भण्डारीले २८ मत प्राप्त गरे।

२०७४ सालमा यो क्षेत्रमा जनमोर्चाका टेकबहादुर घर्ती ११ हजार ८८४ मत पाएर विजयी भएका थिए । घर्तीको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata