सुन गायब पारेको अभियोगमा प्रहरी चौकीका प्रमुखसहित १६ लाई निलम्बनकाे सिफारिस

बिहिबार, फाल्गुन १५, २०७६



रसुवा । सीमा प्रहरी चौकी रसुवा टिमुरेका प्रमुख प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरी निलम्बनमा पर्ने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तस्करी भएको सुन गायब पारेको अभियोगमा नेपालसहित १६ जना प्रहरी निलम्बन गरेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।

आयोगले पत्र पठाएसँगै उनीहरू निलम्बनमा पर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक नेपालसहितको टोलीले २ महिनाअघि चीनको केरुङबाट नेपाल आउँदै गरेको ना६ख ४९३२ नम्बरको कन्टेनरबाट बरामद गरेको ४ सय २२ ग्राम सुन लिएर चालकलाई छोडेको अभियोग छ । नेपालसहित चौकीका १६ जनालाई यसअघि नै प्रदेश ३ प्रहरी कार्यालयले तानिसकेको छ ।

अख्तियारले पठाएको पत्रमा पदमा बहाल रहिरहँदा आफ्नोविरुद्धको प्रमाण लोप वा नाश गर्न सक्ने वा अनुसन्धान तहकिकातमा बाधा पुर्‍याउन सक्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (३) बमोजिम ती प्रहरी कर्मचारीहरूलाई निजहरू कार्यरत रहेको पदबाट निलम्बन गर्न सिफारिस गरिएको छ ।

निलम्बनका लागि सिफारिस भएका प्रहरी

१. प्रहरी निरीक्षक खेमप्रसाद नेपाल

२. प्रहरी नायव निरीक्षक भोजबहादुर सेन वली

३. प्रहरी सहायक निरीक्षक रामशरण कुमाल

४. प्रहरी हवल्दार रामशरण रिमाल

५. प्रहरी हवल्दार पुरुषोत्तम खत्री

६. प्रहरी हवल्दार रामकाजी लामा

७. प्रहरी हवल्दार गोपीबहादुर लो तामाङ

८. प्रहरी जवान शिवनारायण चौधरी

९. प्रहरी जवान युवराज खरेल

१०. प्रहरी जवान भविलाल रुम्बा लामा

११. प्रहरी जवान रामचन्द्र विक

१२. प्रहरी जवान रीता चौधरी

१३. प्रहरी जवान मनोज आले

१४. प्रहरी जवान छेक्यु डोल्मा मोक्तान

१५. प्रहरी जवान ताराबहादुर प्रजा

१६. कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments