अदालतले सुनायो अनौठो फैसला,पत्रकार भण्डारीले अपिल गर्ने

मङ्लबार, असार ३१, २०७६



कञ्चनपुर । निर्मला हत्याकाण्डका विषयमा कलम चलाउँदै आएका कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई जिल्ला अदालत कञ्चनपुरले अनौठो फैसला सुनाएको छ ।

पत्रकार खेम भण्डारीले अनुसन्धानका क्रममा रहेको निर्मला हत्याकाण्डका बेला फेसबुक मार्फत अफबाह फैलाएको भन्दै जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई एक घण्टा जेल र एक रुपैयाँ जरिवानाको फैसला सुनाएको हाे।

कन्चनपुर बारले अदालतको अपहेलना गरेको भन्दै पत्रकार खेम भण्डारी विरुद्ध गरेकाे उजुरी उपर फैसला गर्दै अदालतले उक्त  सजाय सुनाएको हो । अनाैठाे फैसला गर्दै अदालतले ३ दिनको म्याद दिई आत्मालोचना नगरे एक घण्टा कैद र एक रुपैयाँ जरिवाना गर्ने छ ।

जिल्ला बार इकाई र उच्च अदालत बार इकाईका पदाधिकारीहरुले दायर गरेको मुद्धामा जिल्ला न्यायाधिस डा. राजेन्द्र कुमार आचार्यको एकल इजलाशले सोमबार यस्तो फैसला सुनाएको हो ।

अदालतको फैसलापछि पत्रकार भण्डारीले फेसबुक स्टाटस लेख्दै अदालतको निर्णयलाई सम्मान गर्दै न्यायका लागि पुनरावेदन गर्ने जनाएका छन । अदालतलाई गुमराह गर्नकै लागि एमिकस क्युरिमा घुसपैठ गराएर जिल्ला बारले अभियुक्त डिल्लिराज बिष्टका नातेदार हरेन्द्रराज बिष्टलाई मनोनयन गरिएको आरोप लगाउँदै अदालतको फैसलाको खण्डन गरेका छन ।

पत्रकार भण्डारीले फेसबुक स्टाटस लेख्दै घटनाकाे बारेमा खण्डन गरेका छन ।

स्टाटस जस्ताकाे त्यस्तै

khem bhandari

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata