यो हो वर्षकै उत्कृष्ट गोल (भिडियोसहित)

मङ्लबार, कार्तिक ७, २०७४

loading...


काठमाडौं । उत्कृष्ट गोलका लागि प्रदान गरिने फिफा पुसकास अवार्ड आर्सनलका फ्रेन्च फरवार्ड ओलिभर जिराडले जितेका छन् ।
आर्सनलका जिराडले सन् २०१७ को उत्कृष्ट गोलका लागि पुरस्कार पाएका हुन् । उनले गएको जनवरीमा क्रिष्टल प्यालेसविरुद्ध गरेको गोल उत्कृष्ट भएको हो । उनले गरेको गोललाई ‘स्क्रोपिओन किक’ नाम दिइएको छ ।

फिफाले सन् २००९ देखि पुसकास अवार्ड दिन थालेको हो । सन् २००९ मा क्रिष्टियानो रोनाल्डो, २०१० मा हामित अल्टिनटप, २०११ मा नेइमार, २०१२ मा मिरोस्लाभ स्टोच, २०१३ मा जाल्टन इब्राहिमोविच, २०१४ मा जेम्स रोड्रिग्वेज र २०१५ मा वेनडेल लिरा र सन् २०१६ मा मोहद फैजले अवार्ड जितेका थिए ।

स्पेनिस क्लब रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लगातार दोश्रो पल्ट फिफा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जिते । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले गएको वर्षदेखि प्रदान गर्न लागेको यो अवार्ड पोहोर पनि रोनाल्डोले नै पाएका थिए ।

३२ वर्षका रोनाल्डोले गएको वर्ष रियल मड्रिडलाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिग फुटबलको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

फिफाले फ्रेञ्च पत्रिकासँगको सहकार्यमा बालोन डि ओर अवार्ड प्रदान गर्ने गरेकोमा पोहोरदेखि उसले त्यो सहकार्य तोडेर फिफा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड दिन थालेको हो । फ्रेञ्च पत्रिकाले छुट्टै बालोन डि ओर अवार्ड प्रदान गर्ने गर्दछ ।

459CD89100000578-5009787-image-a-27_1508789621346

यस्तै रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदान उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड पाएका छन् । साथै बार्सिलोनाकी लिके मार्टेन्सले उत्कृष्ट महिला खेलाडीको अवार्ड पाएकी छिन् ।उज्यालोबाट

310 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv