खेलकुदको महाकूम्भ मेला यसरी सुरु हुँदै

शुक्रबार, पुस ८, २०७३

loading...


सातौैं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुदैछ । प्रतियोगिता पूर्वाञ्चलका विभिन्न जिल्लामा सुरु हुँदैछ । आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । प्रतियोगिताको दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नु हुने कार्यक्रम रहेको छ ।

सातौ राष्ट्रिय खेलकुदमा प्रदर्शनी खेलसहित कुल ३५ खेल समावेश छन् । जसमध्ये फुटबल र भलिबलका खेल दुहवी र धरानमा सुरु भइसकेका छन् । आर्चरी, स्क्वास, फेन्सिङ र साईक्लिङको पदकलाई तालिकामा गणना गरिने छैन । मौसम र भूगोलका कारण पूर्वमा अहिले गर्न कठिन हुने ट्राएथ्लन, पौडी र शारीरिक सुगठनका खेल काठमाडौंमा सम्पन्न भईसकेका छन् । गल्फ र विलियार्ड तथा स्नुकर सम्बन्धित खेलकुद संघले आफ्नै खर्चमा आयोजना गर्दैछन् ।

प्रतियोगितामा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत तथा ४ सय ४७ कास्य पदकका लागि झण्डै ३५ सय खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीलाई पहिलो पटक नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ । व्यक्तिगत स्पर्धाका विजेताले जनही १५ हजार पाउनेछन् भने टिम स्पर्धाका विजेताले ७ हजार पाउनेछन् ।

२८ करोडको लागतमा सम्पन्न हुने सातौं राष्ट्रिय खेलकुदको समापन समारोह यही पुस १५ गते धरानमा हुनेछ । राष्ट्रिय खेलकुदको छैटौं संस्करण ५ वर्ष अघि २०६८ साल फागुनमा सुदरपश्चिमको धनगढी र महेन्द्रनगरमा भएको थियो ।

645 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv