आगामी बजेट क्षेत्रगत प्राथमिकतामा अल्झिदैन: अर्थमन्त्री डा. खतिवडा

मङ्लबार, बैशाख ३१, २०७६



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेट क्षेत्रगत प्राथमिकतामा नअल्झिने बताएका छन् ।

 आर्थिक वर्ष ०७६/ ७७ काे  बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदैं अर्थमन्त्री खतिवडाले मंगलबार ससंद बैठकमा सामाजिक संरक्षण र सामाजिक विषयमा ध्यान दिदै अघि बढ्ने उद्घोष गरे । उनले आगामी बजेटले भौगोलिक र क्षेत्रगत सन्तुलनकाे विशेष ध्यान दिदै अघि बढ्ने स्पष्ट पारे।

आगामी बजेट मानव विकास सुचंकाक, भौगोलिक विकटताका आधारमा अघि बढ्ने गरि विनियोजन हुने गरि ब्यवस्था गरेको संसदलाई जानकारी गराए ।

  अर्थमन्त्री खतिवडाले सरकार राज्यका मार्ग निर्देशन सिद्धान्त र समाजवाद तर्फको यात्रामा अघि बढेको बताउँदै दिगो नहुने प्रकारको आर्थिक बृद्धिले प्राकृतिक स्रोत र साधनको बढी दोहन भइरहेकाे तर्फ आफूहरु सचेत रहेको स्मरण गराए ।

फरक प्रशंगमा बाेल्दै मन्त्री खतिवडाले  मौलिक हक, प्रेस स्वतन्त्रता र मानवअधिकार सम्बन्धी विषयका विधेयकहरु छलफलकाे क्रममा रहेकोले  बहसको विषय बनाउन आवश्यक नरहेको बताए ।

 अर्थमन्त्री खतिवडाले चाहेको पूँजीगत खर्च बाह्रै महिना खर्च हुन नसकेको स्वीकार गर्दै आगामी वर्षमा त्यस तर्फ सरकारले विशेष ध्यान पुग्ने गरि कार्यक्रम ल्याउनेमा जोड दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank