टर्की प्रहरीको आरोप: खशोगगीको मृत्यु साउदी दुतावासमा

आइतवार, अशोज २१, २०७५



टर्की । टर्कीको स्तानबुलमा रहेको साउदी वाणिज्य दुतावासबाट गत मंगलबार गायब पारिएका साउदी अरवका पत्रकार जमाल खशोगगी हत्या भएको छ ।

स्तानबुल स्थित एक अधिकारीले रोयर्टस समाचार एजेन्सीलाई बताए अनुसार, टर्की प्रहरीको प्रारम्भीक मुल्याङकन यो रहेको छ कि स्थानबुलमा रहेको साउदी अरबको वाणिज्य दुतावासमा खशोगगीको मृत्यु भएको हो । हामी मान्छौं कि हत्या पूर्व निर्धारित थियो । टर्की प्रहरीको उक्त आरोपलाई साउदी वाणिज्य दुतावासले इन्कार गरेको छ ।

गत मंगलबार स्तानबुलको साउदी वाणिज्य दुतावासमा प्रवेश गरेका खशोगगी साउदी शासनको प्रमुख आलोचक मानिन्थे । उनलाई क्रुरता पूर्वक हत्या गरिएको, टुक्रा टुक्रा पारेर काटिएको एक प्रहरी अधिकारीले जनाए । उनले अझ थप्दै भने, खशोगगी समाप्त गर्ने मिसनलाई भिडियो टेप गरिएको थियो ।

साउदी नीति, शाही परिवार र शक्तीको भयंकर आलोचक पत्रकार खशोगगी पछिल्लो बर्ष वाशिङटनमा आत्मनिर्भर निर्वासनमा थिए । ५९ बर्षीय पूर्व सरकारी सल्लाकार मंगलबार आफ्नो टर्कीमा रहेको प्रेमिका हैटिस सेन्गिजसँग विवाह गर्नको निम्ती आवश्यक कागज प्राप्त गर्न वाणिज्य दुतावास प्रवेश गरेका थिए ।

खशोगगीलाई वाणिज्य दुतावासको वाहिर कुरेर बस्नेहरुले बाहिर निस्केको देख्न पाएनन् । द वाशिंगटन पोष्टका सम्पादकीय पृष्ठका निर्देशक फ्रेड हयातले भने,यदि जमाल हत्याको रिपोर्ट सत्य हो भने यो एक राक्षसी र अवाञ्चित कार्य हो । जमाल एक प्रतिबद्ध साहसी पत्रकार थिए वा हुन् ।

72 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank