सर्बाधिक राशी भएको खप्तड गोल्डकप पुस २४ गतेबाट

बिहिबार, पुस ५, २०७५

- पदमराज भट्ट



कैलाली । तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता पुस २४ गतेदेखि शुरु हुने भएको छ । आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आज पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी गराएको हो । स्थानीय धनगढी रंगशालामा आयोजना हुने प्रतियोगितामा ए डिभिजन, मोफसल र अन्तर्राष्ट्रिय टिमको सहभागिता हुने महासचिब प्रकाश शाहीले जानकारी दिए ।

विजेताले २१ लाख एक सय रुपैयाँ पाउने भएको छ । नेपाल भित्र आयोजना हुने नकआउट फुटबल प्रतियोगितामा सबै भन्दा धेरै पुरस्कार राशि रहेको छ । खेल नकआउट चरणमा खेलाइने छ ।

सुदूरपश्चिम क्षेत्रमा फुटबलको क्रेज बढाउने खप्तड गोल्डकप २०७३ सालदेखि हुँदै आएको छ । प्रतियोगिता आयोजना गर्न झण्डै १ करोड ४० लाख रुपैयाँ खर्च हुने पनि पत्रकार सम्मेलनमा बताइएको छ ।प्लेयर अफ दी म्याचलाई हरेक दिन १० हजार दिइने तथा प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने छ ।

यसैगरी विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई जनही १५–१५ हजार समेत प्रदान गरिने अध्यक्ष सुरेश हमालले बताए । माघ ५ गतेसम्म चल्ने प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको पहिचान फुटबल विकासको अभियान भन्ने नारा समेत तय गरिएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिसहोमको एक्सन स्पोर्टसले गर्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata