सुदुरपश्चिम खप्तड गोल्डकप : विभागीय टोली एपिएफ सेमिफाईनल प्रवेश

बुधबार, पुस २६, २०७४



धनगढी । शशस्त्र प्रहरी बलको एपिएफ क्लव धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ । आज धनगढी रंगशालामा भएको क्वाटरफाईनलमा पहिलो संस्करणको उपविजेता संकटा क्लवलाई २–० ले पाखा लगाउँदै गोल्डकपको अन्तिम चारमा पुगेको हो । संकटा अघिल्लो वर्ष फाईनलमा मनाङ मस्याङ्दीसँग १–० ले पराजित भएको थियो । यसपाली टोली क्वाटरफाईनलवाटै घर फर्किएको छ ।

26231213_1561386857232176_3665324991000512532_n

विभागीय टोली एपीएफलाई जिताउन युवा खेलाडी अन्जन विष्ट नायक रहे । ह्याट्रिक गर्नवाट चुमेका उनले दुवै गोल गरे । पहिलो हाफको २३ औँ मिनेटमा गोल गर्दै आफ्नो टीमलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका उनले दोस्रो हाफको ८५ औ मिनेटमा व्यक्तीगत दोस्रो गोल थप्दै आफ्नो टीमको जित सुनिश्चित पारे ।

विष्टले अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक गर्ने मौका पाएका थिए । तर उनलको प्रहार गोलपोष्टको माथिबाट बाहीरीयो । दुई गोल गरेर टिमलाई जिताएका अन्जन विष्ट खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्स म्यान अफ द म्याच भए । म्यान अफ द म्याच भएका उनले नगद १० हजार हात पारे ।

26231213_1561386857232176_3665324991000512532_n

जित पछि प्रतिक्रिया गर्दै एपिएफएका प्रशिक्षक रत्काजी महर्जनले पहिलो खेलभन्दा सुधारिएको प्रदर्शन गरेकोले सेमिफाईनल पुग्न सफल भएको वताए । पहिलो खेलमा त्यो राम्रो खेल्न सकेका थिएनौं आज खेलमा सुधार आयो उनले भने– “अर्को खेलमा अझ राम्रो खेलेर उपाधि जित्ने दौडमा रहनेछौं । संकटाका प्रशिक्षक सल्यान खड्गीले राम्रो खेल खेल्दै पनि पाएका मौका चुकाउँदा हार व्यहोरेको वताए । हामीमाथि सुरुदेखि नै दवाव सिर्जना गर्यो हाम्रा खेलाडीहरुले खुलेर खेल्न सकेनन् उनले भने– दोस्रो हाफमा पनि धेरै मौकाहरु पाएर पनि सदुपयोग गर्न सकेनौ ।”

26239148_1561387113898817_5526226296780868323_n

प्रतियोगिता अन्तर्गत भोली अर्को विभागीय टीम नेपाल आर्मी क्लव र थ्री स्टार क्लवसँग प्रतिस्पर्धा गर्नेछ । वाई पाएर क्वाटरफाईनल पुगेको आर्मी र रमपम झापा ११ लाई ३–१ ले हराएर थ्री स्टारले सेमिफाईनल प्रवेशका लागि एक आपसमा भिड्न लागेका हुन । प्रतियोगितामा टिकट काटेर खेल हेर्न आउने दर्शकले दैनिक एउटा माईक्रोमाक्स क्यानसभास वान मोवाईल पाउँदै आएका छन ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११, उपविजेताले ५ लाख ५५ हजार ५५५ प्राप्त गर्नेछन् । यस्तै विभिन्न विधाका उत्कृष्ट बन्नेले समान १५–१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले यमाहा मोटरसाईकल पुरस्कार पाउनेछन् ।

299 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank