युद्ध अपराध अदालतद्वारा कम्बोडिया नरसंहारमा खमेरुज नेता दोषी प्रमाणित

शुक्रबार, कार्तिक ३०, २०७५



कम्बोडिया । सन् १९७५ देखी १९७९ सम्म कम्बोडियाको सत्ता समालेको खमेरुज नेताहरु माथि संयुक्त राष्ट्रसंघ समर्थित युद्ध अपराध अदालतले  शुक्रबार एक ऐतिहासिक फैसला गरेको छ ।

तात्कालिन कम्युनिष्ट शासकहरु माथि लगाईएको मानव नरसंहारलाई सदर गर्दै उनीहरुलाई दोषी प्रमाणीत गरेको हो । भाई नम्बर दुई नुन चेया ९२  र खियु सम्पान ८७ बर्षीय लाई मानवता विरुद्धको अपराध गरेको आरोपमा दोषी करार गरिएको हो ।

एक नम्बर नेता पोलपोटकाे मृत्युपछि तात्कालिन सत्ताका जीवित वरिष्ठ नेताहरुलार्इ १.७ मिलियन कम्बोडियाली जनता मारेको आरोप लगाइएकाे थियो । खमेरुज शासन कालमा शहरलाई खाली गर्दै ग्रामिण कृषिलाई बढावा दिने नीति लागु गर्ने क्रममा उक्त नरसंहार गरिएको आरोप अदालतद्वारा प्रमाणित गरिएको छ । जर्वरजस्ती काम र चर्काे दमनको कारण मानिसलाई मर्न बाध्य बनाएको आरोप पुष्टि गर्दै उनीहरुलार्इ दाेषी प्रमाणीत गरिएकाे हाे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata