दोलखाका निलम्बित प्रजिअ अख्तियारको नियन्त्रणमा

मङ्लबार, पुस १५, २०७६



दोलखा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (उपसचिव) खगेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेको छ ।

भ्रष्टाचार अभियोगमा गृह मन्त्रालयले निलम्वन गरी कारवाही अघि वढाइरहेका वेला अख्तियारले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

घुस लेनदेनका बिषयमा विवादित प्रजिअ रिजालले दोलखामा कार्यरत रहँदो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस मागेको अभियोगमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments