खाद्यान्न गोदाम चोरी गर्ने समूह प्रहरीको नियन्त्रणमा

सोमवार, पुस २८, २०७६



काभ्रेपलाञ्चोक । विभिन्न व्यक्तिको खाद्यान्न गोदामबाट दालचामल चारी गर्ने समूहलाई बनेपा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका कान्छा तामाङ, विविक लामा र राजकुमार तामाङ रहेका छन् ।

उनीहरुले विभिन्न व्यक्तिको खाद्यान्न पसलबाट सोना मनसुली चामल, दाल, चाउचाउ र अन्य खाद्यान्न सामाग्री चोरी गरी बा ५ ख ७२०९ नम्बरको निसान गाडीमा लोड गर्दै गर्दा पक्राउ गरिएको ईलाका प्रहरी काभ्रे बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।

उनीहरुमाथि चोरी मुद्दामा थप अनुसन्धान भइहरको तिमिल्सिनाको भनाइ छ । केहीदिन अघि प्रहरी महानिरीक्षकको सचिवालयबाट बनेपा सरुवा भएका तिमिल्सिनाले अपराध नियन्त्रणमा शून्य शहनसिलता अपनाएर बनेपाको शन्ति सुरक्षा कायम गर्ने बताउँदै आएका छन।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments