नेवारी भाषामा भाषण गर्दै पूर्व मेयर स्थापित एमालेको घरदैलोमा

आइतवार, बैशाख २४, २०७४



वैशाख २४ ।  काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले मेयरको टिकट पाउनु भएन भने एमालेलाई अहसयोग गर्नुहुन्छ भन्ने विरोधीका सबै हल्लालाई गलत सावित गर्दै अहिले स्थापित मेयरका उम्मेदवार शाक्यसँगसँगै घरदैलो कार्यक्रममा हिड्न थाल्नु भएको छ । उहाँ घरदैलो कार्यक्रममा सँगै मात्र हिड्नु भएको छैन । उहाँले खुलेरै शाक्यका पक्षमा भोट माग्न थालेपछि काठमाडौँ महानगरपािलकामा एमालेका पक्षमा जनलहर सिर्जना भएको छ । एमालेको पकड क्षेत्र मानिएका वडा २१ को चुनावी सभावमा उपस्थित हुनुभएका उहाँले अब आफूले अघि सारेका सबै योजना विद्यासुन्दरले पूरा गर्ने भन्दा उपस्थित सबैले करिब एक मिनेट ताली बनाएर खुशी व्यक्त गरे ।
उहाँले नेवारी भाषामा सम्बोधन गर्दै आफूले सुरु गरेको सुन्दर काठमाडौं सहर बनाउने अभियान विद्यासुन्दर शाक्यले पूरा गर्ने भन्दै जसरी पनि जिताउन जनतासँग भोट पनि माग्नुभयो । काठमाडौं महानगरको २१ नम्बर वडामा चुनावी अभियानका क्रममा सम्बोध गर्दै स्थापितले शाक्यलाई छेउमै राखेर महानगरलाई नाम जस्तै सुन्दर बनाउने जिम्मा अब विद्यासुन्दरकै भएको दाबी पनि गर्नुभयो ।

‘नदी किनारहरुमा अहिले करिडोर बन्दैछन, माइतीघर मण्डला र रत्नपार्कमा कुरुप वस्ती भत्काएर हेर्न लायक ठाउँ बनायौं’ स्थापितले भन्नुभयो, ‘त्यो बनाउने टीम एमालेको हो, त्यो टीमको नेतृत्व मैले गरेको थिएँ  । अझै धेरै काम बाँकी छन् । ती काम अब विद्याले पूरा गर्ने हो । उनलाई मेरो पूरा सहयोग छ ।’ उहाँले आफ्ना पिताको निधन भएका बेला पनि सुन्दर सहर बनाउने काममा सक्रिय भएको स्मरण गर्नुभयो  ।  ‘मेरो बुवाको निधन भएको दिन थियो तर, म घरमा पनि बसिनँ, आजको माइतीघर मण्डला त्यसै बनेको होइन’ उहाँले भन्नुभयो, ‘मैले थालेका केही काम अहिले पनि अलपत्र छन, अव ती काम विद्यासुन्दर शाक्यले पूरा गर्नुहुन्छ ।’

अर्को कार्यक्रममा जान हतार गरिरहनु भएका शाक्यलाई हातमा समातेर तान्दै स्थापितले आफ्ना कुरा सुनेर मात्र जान आग्रह गरेपछि मेयरका उम्मेदवार ‘दाईले नै भनेपछि जाने कुरै भएन नि’ भन्दै आधा घण्टा बढी त्यहाँ बस्नुभएको थियो । सभालाई सम्वोधन गर्दै स्थापितले आफूले मनबाटै शाक्यका पक्षमा भोट मागेको पनि सुनाउनुभयो ।
सभामा बोल्दै मेयरका उम्मेदवार शाक्यले महानगरमा एमालेको जीत सुनश्चित जस्तै भएको दाबी गर्नुभयो । ‘म धेरै गफ गर्न जाँन्दिन, मेरो काम गर्ने बानी छ,’ उहाँले पनि नेवारीमै सम्वोधन गदै भन्नुभयो, ‘म तपाईँहरुको छोरो–भाई, भतिजो हुँ । महानगर कस्तो बनाउनुपर्छ भन्ने मलाई थाहा छ । हामी अहिलेसम्म सुनिले महानगरमा बसेका छौँ अब देखिने महानगर बन्ने छ ।
उहाँले काँग्रेस–माओवादी एमालेको पक्षमा आएको जनलहरबाट आत्तिएको भन्दै अब एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।  काार्यक्रममा सांसद् रामवीर मानन्धरलगायतले पनि सम्वोधन गर्नुभएको थियो ।

6671 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank