चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराइ रहेनन्

सोमवार, मंसिर ३०, २०७६



काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । भट्टराईको गएराति १० बजेर २० मिनेटमा निधन भएको हो ।

स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराइलाई उपचारका लागि गएराति नै ओम अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउँदा उनको निधन भइसकेको अस्पतालले जनाएको छ । उनको निधनको कारण खुलेको छैन ।

निर्माता तथा कलाकार समेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका धेरै चलचित्रले राम्रो व्यापार गरेका छन् । उनी करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए ।

तीन दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील भट्टराईले बनाएका ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरवावु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायतका चलचित्र चर्चित छन् । उनले दर्जनौ चलचित्रमा अभिनय समेत गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments