केरा व्यापारी बने हाइटीको राष्ट्रपति

बुधबार, पुस २०, २०७३

loading...


राष्ट्रको उच्च पदमा पुग्नका लागि राजनीतिक दलको उच्च तहको नेता नै हुनुपर्छ । दक्षिण एसियासहित विश्वका धेरै देशमा यस्तै प्रचलन छ । तर हाइटीमा भने एक जना केरा ब्यापारी राष्ट्रपति बनेका छन् । केरा व्यापारी ४८ बर्षीय जोमेनेल मोइजेलाई आधिकारिक रुपमा हाइटीको राष्ट्रपति निर्वाचित भएको घोषणा गरिएको छ । वीवीसीका अनुसार उनले कुल मतमध्ये ५५. ६ प्रतिशत प्राप्त गरेका छन्  । यो उनका निकटतम प्रतिद्वन्द्वी   जुडे सेलिस्टनको भन्दा तेब्बर बढी मत हो । सेलिस्टनले १९.५ प्रतिशत मात्र मत ल्याएका थिए ।
यसअघि भएको चुनाव धाँधली भएको आरोप लागेपछि रद्द गरिएको थियो । गत फेबुु्रअरी देखि अन्तरिम राष्ट्रपतिबाट देश चलिरहेको छ ।

110 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom