सहिदको नाममा ओली सरकारले बाड्यो १ अर्ब ८१ करोड बढी

सोमवार, फाल्गुन २०, २०७५



काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्वको सरकारले  १ वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ ।

ओली सरकारले १ वर्षको अवधिमा आर्थिक सहायता र सहिद घोषणा नाममा रु. १ अर्ब ८० करोड ९३ लाख रुपैयाँभन्दा बढी राज्यको ढुकुटीबाट बाँडेको हो । त्यस्तै विदेश भ्रमणमा करिब २३ करोड रुपैयाँ खर्च भएको छ ।

सहायता माग्दै दर्ता भएका ३ हजारभन्दा बढी निवेदन अझै विचाराधीन रहेको गृह मन्त्रालयका अधिकारीले बताएका छन् । द्वन्द्वपीडित, विपन्न, स्वास्थ्य उपचार र जीविकोर्पाजन समस्या देखाउँदै सहायता माग्ने गरको गृह मन्त्रालयले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata