‘नरकको ढोका’मा बाढी आउँदा ६ जनाको मृत्यु

सोमवार, भदौ १६, २०७६



एजेन्सी । अफ्रिकी मुलुकको केन्या राज्यको नैभासा स्थित् नरकको ढोका राष्ट्रिय निकुन्ज (Hell’s Gate National Park ) मा आएको बाढीका कारण कम्तिमा छ जनाको मृत्यु भएको  छ भने अन्य पर्यटकहरू हालसम्म बेपत्ता रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

६८.२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा घुम्न आएका विदेशी समूहहरूलाई बचाउन जाँदा चार जना उद्धारकर्मीहरूको मृत्यु भएको हो बताइएको छ ।

रिफ्ट घाटी क्षेत्रमा नरक गेट राष्ट्रिय निकुञ्जमाको आइतबारको घटनाबारे केन्या वन्यजीव सेवा (केडब्ल्यूएस) ले आफ्नो ट्विटर अकाउन्टमा उल्लेखमा बताएका छन् ।फ्द्दफ्द्फ़

समूहमा पाँच केन्याई पर्यटक, एक स्थानीय गाइड र एक अनिवासी थिए जसको राष्ट्रियता खुलाइएको छैन। केडब्ल्यूएसले उक्त घटना पछि आइतबार पार्कमा रहेको घाटी जनताको लागि बन्द गरिएको बताइएको छ ।

यस  पार्क आफ्नो जमिनमुनिको भूगर्भीय क्रियाकलापबाट स्टीम प्लमहरूका लागि प्रख्यात छ ।  यसको छेउछाउका क्षेत्रहरूमा स्टीम बिजुली उत्पादनको लागि प्रयोग गरिएको छ। सन् १९८४ मा स्थापित यस पार्कमा  तीन वटा भू-थेरल स्टेशनहरू स्थापना गरिएको छ ।

नरक द्वार(नरकको धोका) केन्याको राजधानी नैरोबीदेखि लगभग १०० किलोमिटर उत्तरपश्चिममा र नैभाशा तालको ठीक दक्षिणमा पर्छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata