दुर्घटनाका कारण सिङ्गो गाउँ शोकाकुल, मृत्यु हुनेको संख्या १२ पुग्यो

काभ्रेपलाञ्चोक बस दुर्घटना

शुक्रबार, अशोज २४, २०७६



काठमाडौं । सिन्धुपाल्चोकको तिखु मोडमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ । आज( शुक्रबार) बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका १३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टर र बाँकीको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिएका छन् ।

“बस खसेको खबर पाउनासाथ सिडिओ, गृह मन्त्रालयको सुरक्षा महाशाखा र नेपाली सेनालाई अनुरोध गरेर आधा घण्टाभित्रै हेलिकोप्टर व्यवस्था गरेँ । अहिले घाइतेलाई ट्रमा सेन्टर ल्याइपुर्याएको छु,” उनले भने ।

घाइतेमध्ये अधिकांशको टाउको र कम्मरमा चोट छ । प्रत्यक्षदर्शीका अनुसार बस ब्रेक फेल भएपछि सडकबाट दुईसय मिटर तल खसेको थियो ।

मन्त्री दुलालका अनुसार घटनास्थलमा सात जना र धुलिखेल अस्पतालमा ५ जनाको निधन भएको हो । घाइतेमध्ये १३ जनाको नेपाली सेनाको एमआई १७ र अर्को निजी कम्पनीको हेलिकप्टरले ६ जना घाइतेको उद्धार गरेको थियो ।

दुर्घटनामा ५० बढी घाइते छन् । बाँकीको मिनि ट्रकबाट पनि उद्धार गरिएको थियो ।

“ओभरलोड र कच्ची बाटो नै दुर्घटनाको कारण देखिन्छ । गाउँमा पूरै सन्नाटा छाएको छ । दशैं मनाएर काठमाडौं फर्किएका यात्रु दुर्घटनामा परेका छन्,” इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले  भने ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata