काभ्रेको मण्डनमा उम्मेदवारको लाग्यो टुङ्गो (यस्ता छन् उम्मेदवार)

बुधबार, बैशाख २०, २०७४



काभ्रे । स्थानीय तहको निर्वाचनका लागि काभ्रेको मण्डनमा उम्मेदवारको टुङ्गो लागेको छ । मण्डनमा प्रमुखका लागि १० जना, उपप्रमुखका लागि छ, वडाध्यक्षका लागि ५२, महिला सदस्यका लागि ४२ तथा दलित महिला सदस्यका लागि ३५ जना गरी कुल २३१ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत सिर्जना तिवारीले जानकारी दिए ।

काँग्रेसकातर्फबाट नगरप्रमुख र उपप्रमुखमा क्रमशः अच्युतप्रसाद पौडेल र राधिका ढकाल तथा एमालेका तर्फबाट टोकबहादुर तामाङ र निर्मला शाहीले उम्मेदवारी दिएकाछन् ।

यस्तै नेकपा (माओवादी केन्द्र)का तर्फबाट नगरप्रमुखमा निरञ्जन विष्ट र उपप्रमुखमा रीता गौतम ढकालले उम्मेदवारी दिएकाछन् । नयाँ शक्तिबाट नगरप्रमुखमा इश्वर ढकाल र उपमुखमा सीता तामाङ, स्वतन्त्रबाट नगरप्रमुखमा रामहरि नेपाल, लेखप्रसाद घिमिरे र उदयनारायन दाहालले उम्मेदवारी दिएको अधिकृत तिवारीले बताए ।

यसैगरी राप्रपाबाट नगरप्रमुखमा रामकृष्ण सोपकोटा र उपप्रमुखमा यशोदा चौलागाईं तथा नेमकिपाबाट नगरप्रमुखमा पूर्णसिंह तामाङले उम्मेदवारी दिएकाछन् । सो नगरपालिकाको कुल मतदाता सङ्ख्या २१ हजार ६२३ रहेको छ ।

601 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank