कविता-बालुवाटार हराएछ

शनिबार, जेष्ठ ३, २०७७

- सुष्मा तिमिल्सेना



आँखा मिचिमिची बिहान उठ्दा
मेरै घर अगाडी भारतीय सेनाको रूप देखे
म झंसग भए,म अलमलमा परे
त्यो त एउटा पोस्टर मात्र थियो
तर वास्तविकतामा कालापानी अनि
लिपु लिम्पियाधुरामा त्यही भएको थियो ।

म लिपुलेक लिम्पियाधुरा र कालापानी खोज्न
बिहानै घर बाट हिँडे मैले भेट्टाए पनि
म त्यहाँबाट फर्के
मेरै देशको बालुवाटार खोज्दै आए
किनकि बालुवाटारबाट मेरो देशको नक्सा बनोस् भनेर
तर मैले बालुवाटार भेट्टाइन
आज लिपुलेक कालापानी हैन
बालुवाटार हराएको रहेछ ।

लिपुलेक लिम्पियाधुराको सीमा मात्र सरेको हो
तर दुःखको कुरा बालुवाटार भित्रको राष्ट्रियता हरायो
बालुवाटार भित्र बस्ने सरकार हरायो
त्यसैले म आज शङ्कामा परेको छु
लिपुलेक लिम्पियाधुरा कतै बेचिएको त हैन ।
मत नपढेको मान्छे
तर राष्ट्रियता भएको मान्छे
पुर्खाहरूले आर्ज्याको यो देश
कसरी सम्हालु आज
सरकारले देशको नक्सा नै देख्न छोडे
यता देशको नक्सा नै बदलियो आज
कसैलाई चिन्ता छैन देशको
यता नक्सा हरायो देशको
उ भन्छ उता एमसिसी पास गर ।
म कसरी नेपाली हुँ भनु
भौत दुःख लागेको छ
हिजो देश स्विट्जरल्याण्ड बनाउँछु भनेको थियो
आज स्वाजील्याण्ड बनायो सिरिया बनायो
अनि म बालुवाटार खोज्दै हिँडेको मान्छेलाई
उसले कारागार भित्र राखी पागल बनायो ।
ए सरकार हिजो त नक्सा हैन देश बनाउँछु भन्थ्यौ
आज किन मौन छौ
कतै देश बेचिएको त हैन
ए छाँया सरकार त किन बहुलाइस्
यस्तो सङ्कटमा त किन एमसिसि खोज्दैछस
कतै तेरै षडयन्त्र त हैन ।
मेरो देशको रातो झन्डा पनि
आज कालो बनेर फहराएको छ
हजारौँ खोला नाला र नदीहरू
अस्तित्वविहीन तरिकाले बगिरहेछन्
मेरो शान मेरो सगरमाथा पनि
सेतो बाट कालो हुँदै छ
शान्तिको यो देश युद्ध तर्फ मोडिएको छ
मेरा यी नयनहरूले समुद्र बगाइरहेछ
बेसहारा भयो मेरो देश किनकि
बालुवाटार र सरकार सँगै हरायो
अनि प्रतिपक्ष समेत हरायो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments